images
images

चुनावबिच भारतमा सेयर बजारले रच्यो इतिहास : अलटाइम उचाइमा निफ्टी, लगानीकर्ता उत्साहित

चुनावबिच भारतमा सेयर बजारले रच्यो इतिहास : अलटाइम उचाइमा निफ्टी, लगानीकर्ता उत्साहित

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • चुनावबिच भारतमा सेयर बजारले रच्यो इतिहास : अलटाइम उचाइमा निफ्टी, लगानीकर्ता उत्साहित

    लोकसभा चुनाव २०२४ को बीचमा बिहीबार शेयर बजारमा उछाल आएको छ । आज इतिहास रच्दै निफ्टी अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । निफ्टीले पछिल्लो व्यापारमा २२,८०६.२० को बिन्दु पार गर्यो । 

    केही समयपछि निफ्टी २२८.४५ अंकले बढेर २२,८२६.२५ पुग्यो । पछिल्ला तीन दिनदेखि सेयर बजारमा सुस्तता रहे पनि बिहीबार फेरि बजार उकालो लागेको छ । 

    कमजोर सुरुवातपछि, अचानक बम्बई स्टक एक्सचेन्जको सेन्सेक्स र नेसनल स्टक एक्सचेन्जको निफ्टीमा उच्च वृद्धि भएको छ। बीएसईको ३० सेयरको सेन्सेक्स बुधबार ७४,२२१ मा बन्द भएको र बिहीबार ७४,२५३ मा खुलेको थियो । 

    त्यसपछि अचानक परिसूचक बढ्न थाल्यो र दिउँसो ११ः३० बजे ४४४.२३ अंकले बढेर ७४,६६५.२९ को लेभलमा कारोबार हुन थाल्यो । 

    df.jpg

    निफ्टीले रच्यो इतिहास

    एनएसइको निफ्टी २२६१४ को लेभमा बढेर खुलेको बजारमा केहि समयमा यो गति बढेर २२८०० को लेभल पार परेको थियो । बुधवारको कारोबारमा निफ्टी २२५९७.८० को लेभलमा बन्द भउको थियो । 

    सेन्सेक्सको बारेमा कुरा गर्दा, यो आजको कारोबारमा ७४,९९१.०८ मा पुगेको छ। बीएसईको शीर्ष ३० शेयरमध्ये २७ वटा शेयरको मूल्य बढेको छ । एक्सिस बैंकले करिब ४ प्रतिशतले वृद्धि गरेको छ ।

    यी सेयरहरूमा उच्च वृद्धि 

    निफ्टी ५० मा अदानी इन्टरप्राइजेजको शेयर सबैभन्दा बढी ५ प्रतिशतले बढेको छ । त्यसपछि एक्सिस बैंक र एलएण्डटीको सेयरमा करिब ३ प्रतिशतको वृद्धि भएको छ भने मिडक्याप सेगमेन्टमा रेलवे स्टकहरू पुनः आक्रमक भएका छन् ।

    आरभीएनएलको सेयरमा ८ प्रतिशतको वृद्धि देखिएको छ । यससँगै आईआरएफसीको सेयरमा पनि ७ प्रतिशतको उछाल आएको छ । १०० निफ्टी शेयरहरू ५२ साता उच्च बिन्दुमा कराोबार भएको थियो । एनएसइ सूचीबद्ध २५७२ सेयरहरूमध्ये १२२० सेयरहरू बढेको थियो । 

    जबकि १२४२ शेयरमा गिरावट जारी छ। जबकि ११० शेयर अपरिवर्तित छन् । १०१ सेयर ५२ साताको उच्च बिन्दुमा कारोबार भएको थियो भने १७ को शेयर ५२ साताको न्यून बिन्दुमा थियो । ७९ शेयरमा उच्च सर्किट भइरहेको छ भने ५६ शेयर घटेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार