images
images

सिटिजन्स बैङ्क र काभ्या हस्पिटलबीच समझदारी, ग्राहकहरूले २५ प्रतिशतसम्म छुट पाउने

सिटिजन्स बैङ्क र काभ्या हस्पिटलबीच समझदारी, ग्राहकहरूले २५ प्रतिशतसम्म छुट पाउने

आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • सिटिजन्स बैङ्क र काभ्या हस्पिटलबीच समझदारी, ग्राहकहरूले २५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र जनकपुरधाम, धनुषास्थित काभ्या हस्पिटल प्रा.लि.बीच सिटिजन्स बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    images
    images
    images
    images

    सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैङ्कका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले काभ्या हस्पिटलका सेवाहरूमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । 

    यस किसिमको सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैङ्कले लिएको छ । 

    बैङ्कले डिजिटल बैङ्किङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैङ्कको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    सिटिजन्स बैङ्क इन्टरनेसनलले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखारहित बैङ्किङ्ग इकाइहरूबाट १७ लाख ४२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

    हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार