एकैपटक चार सवारी साधन  दुर्घटना, यी हुन् भरतपुरमा उपचार गराइरहेका २२ जना घाइतेहरु

एकैपटक चार सवारी साधन  दुर्घटना, यी हुन् भरतपुरमा उपचार गराइरहेका २२ जना घाइतेहरु

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • images
    images
    एकैपटक चार सवारी साधन  दुर्घटना, यी हुन् भरतपुरमा उपचार गराइरहेका २२ जना घाइतेहरु

    चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । 

    images
    images

    उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा  ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना ७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए । 

    दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन । 

    दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । 

    घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। 

    यी हुन् नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेका घाइतेहरू

    १. प्युठान नौबहिनी गाउँपालिका ७  का २८ वर्षीय सुधन के।सी (मध्यम अवस्था)

    २. प्युठानको प्युठान नगरपालिका १० का ३६ वर्षीय निरज के।सी (मध्यम अवस्था)

    ३. प्युठानकै मल्लरानी गाउँपालिका २ बस्ने ३६ वर्षीया निर्मला भुषाल (सख्त घाइते)

    ४. प्युठानकै गौमुखी गाउँपालिका ७ का २५ वर्षीय सुरज सुनार (प्रहरी परिसर ललितपुरमा कार्यरत) (मध्यम अवस्था) ।

    ५. अर्घखाँची शीतगंगा नगरपालिका ८ की २९ वर्षीया पवित्रा दर्लामी (सामान्य)

    ६. प्युठानको झिमरुक गाउँपालिका ७ का २८ वर्षीय पुरन गिरी (मध्यम अवस्था)

    ७‍. प्युठानकै प्यूठान नगरपालिका ८ का २० वर्षीय समिर केएम (मध्यम अवस्था)

    ८. प्युठानकै सरुमारानी गाउँपालिका३६ वर्षीय तारापती बुढाथोकी (मध्यम अवस्था)

    ९. प्युठानकै सरुमारानी ४ की ३५ वर्षया मुनादेवि बुढाथोकी (मध्यम अवस्था)

    १०. प्युठानकै ऐरावती गाउँपालिका ६ की ५६  वर्षीया मनदेवि थापा (सख्त घाइते)

    ११. प्युठानकै ६० वर्षीय पदम थापा (सामान्य) ।

    १२. प्युठानकै प्युठान नगरपालिका १० का २१ वर्षीय सुशील के.सी (मध्यम अवस्था)

    १३. प्युठानकै प्युठान नगरपालिका ४ की १७ वर्षीया प्रतिभा भण्डारी (मध्यम अवस्था)

    १४. प्युठानकै प्युठान नगरपालिका ८ की १८ वर्षीया सलिसा थापा (मध्यम अवस्था)

    १५. प्युठानकै प्युठान नगरपालिका १ का ३८ वर्षीय प्रकाश केसी (मध्यम अवस्था)

    १६. प्युठानकै प्युठान नगरपालिका ८ की ५३ वर्षीया पार्वता के.सी (मध्यम अवस्था)

    १७. प्युठानकै नौबहिनी गाउँपालिका(३ का ३२ वर्षीय गौरव झाँक्री (सख्त घाइते)

    १८. प्युठानकै गौमुखी गाउँपालिका ३ का २९ वर्षीय दिपक सुनार (सामान्य)

    १९. अर्घाखाँचीको शीतगंगा नगरपालिका ८ का ४९ वर्षीय लामबहादुर दर्लामी (मध्यम अवस्था)

    २०. प्युठानकै प्युठान नगरपालिका ८ का २५ वर्षीय सन्तोष के.सी. (सख्त घाइते)

    २१. ट्रकको सह(चालक, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका( २१ वर्षीय राजन सुवेदी (सख्त घाइते)

    २३. ट्रक चालक, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका ५ का 

    २२. वर्षीय सुवास कार्की (सामान्य घाइते, उनी डिस्चार्ज भएपछि प्रहरीको नियन्त्रणमा छन् ।)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार