images
images

वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल -याली सम्पन्न, ग्रिन सेभिङ्गसम्बन्धि प्रोडक्ट समेत सार्वजनिक

वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल -याली सम्पन्न, ग्रिन सेभिङ्गसम्बन्धि प्रोडक्ट समेत सार्वजनिक

शनिवार, जेठ १९ २०८१
शनिवार, जेठ १९ २०८१
  • वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल -याली सम्पन्न, ग्रिन सेभिङ्गसम्बन्धि प्रोडक्ट समेत सार्वजनिक

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले विश्व वातावरण दिवसका अवसरमा आज (शनिबार) ‘इन्धन बचाऔं, वातावरण जोगाऔँ,’ भन्ने नाराका तेस्रो सांग्रिला साइकल र्याली सम्पन्न गरेको छ । बैङ्कले डेभलपमेन्ट बैङ्कर्स एशोसिएसन नेपाल, बि वाइ डी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरूसँगको सहकार्यमा उक्त साइकल ¥याली सम्पन्न गरेको हो । 

    images
    images
    images
    images

    बैङ्कका सञ्चालक लिसा शेरचनबाट साइकल -यालीमा सहभागीहरूलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधरणको दायित्व विषयमा संवोधन गरिए पश्चात साइकल -यालीको शुरुवात गरिएको थियो ।

    बिहान ७:४५ बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार पुल कोरिडोर बाटो हुँदै सेतोेपुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगेर करिब १० कि. मि. को दुरीको यात्रा सम्पन्न भएको थियो । 

    उक्त साइकल -यालीमा बैङ्कका संचालक, कर्मचारी, ग्राहकवर्ग, शेयरधनी, प्रवर्द्धक, प्रायोजक एवं यस बैङ्कप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरू बाक्लो उपस्थिती रहेको थियो ।

     वि.सं २०७९ सालमा १५० जना सहभागीहरूबाट शुरु भएको साइकल -याली यस तेस्रो संस्करण साइकल -यालीसम्म आइपुग्दा १५०० जना भन्दा वढीको सहभागिताका साथ सम्पन्न भएको छ ।

    यस साइकल -यालीमा सांग्रिला डेभलपमेन्ट बैङ्कले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रण तथा वातावरण संरक्षणमा टेवा पु-याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।

    वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ ‘सेभ फ्युल, सेभ इन्भाइरोमेन्ट’ भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरूलाई बैङ्कले निरन्तरता दिँदै जाने जानकारी गराइन्छ ।

    1.JPG

    सो साइकल -यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरूलाई टिसर्ट प्रदान गरिनुका साथै विभिन्न संस्थाहरूका तर्फबाट उपलब्ध गराइएको उपहारहरू गोलाप्रथा मार्फत उपलब्ध गराउनुका साथै साइकल -यालीमा सहभागी भएका एक जना भाग्यशाली सहभागी भक्तपुर निवासी रविन रचालिकालाई लक्की ड्रबाट उपहार स्वरूप एउटा साइकल समेत प्रदान गरिएको थियो । 

    साइलक -यालिकै दिन पारेर बैङ्कले ग्रिन सेभिङ्ग सम्बन्धि प्रोडक्ट समेत लन्च गरेको छ । यस किसिमको प्रोडक्टमा जति खाता खोलिन्छ सोही संख्यामा बैङ्कले वृक्षारोपण गर्ने विशेषता उक्त प्रोडक्ट पेपरको रहेको व्यहोरा समेत जानकारी गराइन्छ । 

    उक्त साइकल -यालीमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले  ‘इन्धन बचाऔं, वातावरण जोगाऔं,’  भन्ने नाराका साथ वातावरण दिवसको अवसरमा गरिएको यस साइकल ¥यालीमा भएको सहभागीहरूको उत्साहपूर्वक सहभागीताका लागि धन्यवाद ज्ञापन गर्दै साइकल -याली समापन गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार