images
images

हिमालयन बैङ्कको विराटनगर शाखा-२ स्थानान्तरण

हिमालयन बैङ्कको विराटनगर शाखा-२ स्थानान्तरण

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • हिमालयन बैङ्कको विराटनगर शाखा-२ स्थानान्तरण

    काठमाडौँ / हिमालयन बैङ्क लिमिटेडले विराटनगर शाखा-२ लाई स्थानान्तरण गरेको छ । हिमालयनले सिभिल बैङ्कलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरुमध्ये विराटनगर शाखा-२ लाई स्थानान्तरण गरेको हो । बैङ्कले रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, मोरङ्गबाट रोडशेष चोक शाखा, विराटनगरको नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गरी आज (आइबार) देखि उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

    images
    images
    images
    images

    बैङ्कको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य सङ्गठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बैङ्कका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैङ्कका अन्य कर्मचारीहरूको उपिस्थतिमा गरेका हुन् ।

    हाल बैङ्कले नेपालभरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटिएम,  ६ हजार ५०० भन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार