चर्चित समाचार
  • जगदम्बा मोटर्सले ल्यायो टिभिएस मोटरसाइकलमा अफरसहितको  ‘मनसुन एक्सचेन्ज’

    जगदम्बा मोटर्सले ल्यायो टिभिएस मोटरसाइकलमा अफरसहितको  ‘मनसुन एक्सचेन्ज’

    बिहिवार, जेठ २४ २०८१
    बिहिवार, जेठ २४ २०८१
  • जगदम्बा मोटर्सले ल्यायो टिभिएस मोटरसाइकलमा अफरसहितको  ‘मनसुन एक्सचेन्ज’

    काठमाडौँ / नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘मनसुन एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ २३ देखि जेठ २८ गते सम्म चल्नेछ ।

    ’मनसुन एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरटि–एफआइ, बिएस–भिआइ, राइड मोडहरू, र जिटिटि (ग्लाइड थ्रु ट्राफिक) जस्ता नवीनतम प्रविधिहरूले सुसज्जित टिभिएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्दछ । यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्दछ ।

    यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टिभिएसका बाईक तथा स्कुटरको खरिदमा क्यास डिस्काउन्टका साथै, पुरानो मोटरसाइकलमा थप मूल्याङ्कन प्राप्त गर्नेछन र यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम ३ हजार ९ सय ९९ रूपैयाँ प्रति महिनाको इएमआइ पनि उपलब्ध गराएको छ । साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्याग लगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन । 

    जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । 

    गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रूचाइएको टू–ह्विलर ब्राण्डका रूपमा स्थापित छ ।  

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार