images
images

यामाहा एरोक्स १५५ ले सम्पन्न गर्‍यो काठमाडौँदेखि लद्दाखसम्मको यात्रा

यामाहा एरोक्स १५५ ले सम्पन्न गर्‍यो काठमाडौँदेखि लद्दाखसम्मको यात्रा

मंगलवार, साउन ८ २०८१
मंगलवार, साउन ८ २०८१
  • यामाहा एरोक्स १५५ ले सम्पन्न गर्‍यो काठमाडौँदेखि लद्दाखसम्मको यात्रा

    काठमाडौँ / सोलो ट्राभलर अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौँदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सम्पन्न गरेका छन् । उनले ११ दिनमा ५००० किलोमिटर भन्दा बढी यात्रा गरेका हुन् । यात्रा दौरान साहस, जोश र अटल संकल्पलाई आफ्नो दृढ संकल्प र प्रमाणको रूपमा खडा गरेको उनले बताए । 

    आफ्नो यात्राको क्रममा, आफुले विभिन्न भूभाग र मौसमको  सामना गर्दै उक्त ठाउँको रोमाञ्चक र अद्भुत प्राकृतिक परिदृश्यहरूसँग आफुलाई जोड्दै ति सुन्दर ठाउँहरूलाई गहिरो रूपमा आत्मसात गरेको उनको भनाइ छ । 

    यो कठिन यात्रामा, यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गर्नुका साथै आफूलाई बलियो र भरपर्दो साथीको रूपमा प्रमाणित गरेको कम्पनीले जनाएको छ । 

    “एरोक्स १५५ स्कुटरमा रहेको एड्भान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गर्‍यो ।” एम ए डब्लू राइड्ले जारी गरेको विज्ञप्तिमा भनेको छ, “यसको चुस्त ह्यान्डलिङ र आधुनिक एफआई प्रविधिले ओझालाई घुमाउरो पहाडी सडकहरूमा सहज र स्थिरताका साथ यात्रा गर्न सजिलो बनाएको थियो। यसको अतिरिक्त, स्कूटरको आरामदायी सिट र एर्गोनोमिक डिजाइनले बिना कुनै झन्झट र थकान बिना पनि घन्टौँ समय सम्म यात्रा गर्न सक्ने कुराको सुनिश्चितता गर्‍यो।”

    एरोक्स १५५ मा सिटको मुनि आवश्यक सामान बोक्न सक्ने भण्डारण थियो, जबकि उन्नत ब्रेकिङ प्रणालीले ठाडो उकालो र कठिन भूभागहरूको  सामना गर्न आत्मविश्वास र सुरक्षा प्रदान गर्‍यो।

    एम ए डब्लू राइडकी सीयमओ पुनम सिंहले, ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै भनिन् “यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशिस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौँ। एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक  FI टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाहरूले अवशीसको सफल अभियानले स्कूटरको क्षमतालाई हाइलाइट गर्दछ र सबै उत्साहीहरूलाई उनीहरूको कम्फर्ट जोन भन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू(भागहरूको सामना गर्न प्रेरित गर्दछ र एरोक्स १५५ को वास्तविक क्षमतालाई देखाउँदछ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार