images
images

कक्षा १२ को परीक्षामा प्रश्नपत्र आउट गर्ने दुई जना शिक्षक पक्राउ

कक्षा १२ को परीक्षामा प्रश्नपत्र आउट गर्ने दुई जना शिक्षक पक्राउ

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • कक्षा १२ को परीक्षामा प्रश्नपत्र आउट गर्ने दुई जना शिक्षक पक्राउ

    काठमाडौँ / कक्षा १२ को परीक्षाहरू सञ्चालन भइरहेको क्रममा प्रश्नपत्र आउट गर्ने शिक्षक केशव घिमिरे र विकास ज्ञवाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बागलुङ ग्वालीचौर ८ घर भई हाल ललितपुर उपमहानगरपालिकामा बस्ने ३१ बर्षिय घिमिरे र पाल्पा रिडिकोट घर भई हाल काठमाडौँ महनगरपालिका १६ बस्ने २४ बर्षिय ज्ञवालीलाई आइतबार टेकु चोकबाट पक्राउ गरेको हो । 

    images
    images
    images
    images

    पक्राउ परेका घिमिरे र ज्ञवालीलाई राष्ट्रिय परीक्षा बोर्डबाट मिति बैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको समयमा काठमाडौँ जिल्लाका केही परीक्षा केन्द्रहरूमा प्रश्नपत्रहरु तथा उक्त प्रश्नपत्रको उत्तरहरू आदान प्रदान गर्ने÷गराउने कार्यमा संलग्न रहेको आरोप छ । 

    उनीहरू काठमाडौँका केही परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरू, विभिन्न विद्यालयका शिक्षकहरूसमेतले मोबाइलको माध्यमबाट परीक्षाको मर्यादा भङ्ग हुने, प्रश्नपत्रको गोपनियता भङ्ग हुने गरी परीक्षाको प्रश्नपत्रहरू ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्राम, भाइबरलगायतमा विभिन्न ग्रुप बनाइ सोमार्फत प्रश्नपत्रको गोपनियता भङ्ग तथा परीक्षाको मर्यादा विपरितका कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
    काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक तथा सूचना अधिकारी नवराज पराजुलीले जानकारी दिए ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार