विश्वकप क्रिकेट : नेपाल र श्रीलङ्का बिचको खेल रद्द, अब समूह चरणका बाँकी दुई खेल कहिले ?

विश्वकप क्रिकेट : नेपाल र श्रीलङ्का बिचको खेल रद्द, अब समूह चरणका बाँकी दुई खेल कहिले ?

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • images
    images
    विश्वकप क्रिकेट : नेपाल र श्रीलङ्का बिचको खेल रद्द, अब समूह चरणका बाँकी दुई खेल कहिले ?

    काठमाडौँ / आईसीसी टी–२० विश्वकप क्रिकेटको बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलङ्काबिचको खेल रद्द भएको छ । आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौँ संस्करणअन्तर्गत अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण रद्द भएको हो ।

    खेल रद्द भएपछि दुवै टोलीले १-१ अंक बाँडेका छन् भने अब दुवै टोलीलाई अर्को चरणमा पुग्न कठिन हुने देखिएको छ । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको थियो। 

    समूह चरणका चार खेलमध्ये पहिलो खेल हारेको नेपाल दोस्रो खेलमा जित निकाल्ने दाउमा थियो भने यसअघिका दुवै खेलमा हार बेहोरेकाले अन्तिम आठमा स्थान बनाउनका लागि श्रीलङ्का आजको खेल जित्नै पर्ने दबाबमा थियो ।

    नेपाल समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो । 

    आजको खेलपछि समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार