images
images

सेनामा महत्वकांक्षा बढेमा व्यवस्थामाथि संकट पैदा हुन्छ : पृथ्वीसुब्बा गुरुङ

सेनामा महत्वकांक्षा बढेमा व्यवस्थामाथि संकट पैदा हुन्छ : पृथ्वीसुब्बा गुरुङ

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • सेनामा महत्वकांक्षा बढेमा व्यवस्थामाथि संकट पैदा हुन्छ : पृथ्वीसुब्बा गुरुङ

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेना भित्र गणतन्त्र नआएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले नेपाली सेनालाई अझै आधुनिकीकरण, सक्षम र लोकतान्त्रीकरण गर्नुपर्ने बताएका हुन् । 

    नेपाली सेनाभित्र गणतन्त्र नआएको टिप्पणी गर्दै उनले राष्ट्रिय सुरक्षा नीतिमा समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिए । साथै, नेपाली सेनालाई महत्वकांक्षा बढ्न दिनु नहुने बताएका छन् । नेपाली सेनामा महत्वकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने उनको भनाइ छ । 

    उनले नेपाली सेनालाई व्यापार र ठेक्कापट्टा गर्न दिनु कत्तिको जायज हो भनि प्रश्नसमेत गरे । 

    “हामीहरु त्यस्तो संवेदनशील जुन अङ्ग छ, जुन संस्था, संरचना छ नेपाली सेना, त्यसलाई हामी व्यापार गर्न दिन्छौँ । त्यसलाई हामी ठेक्कापट्टा गर्न दिन्छौँ । सुरक्षाको हिसाबले, संवेदनशीलताको हिसाबले यो कुरा कत्तिको जायज हो ? आज कुनै नेताले यो कुरामा मुख खोल्न सक्दैनन् होला,” उनले भने, “हामीले सोच्नुपर्छ, त्यो चिज धेरै महत्वकांक्षी बन्यो भने त्यसले हाम्रो लोकतन्त्र, गणतन्त्रमाथि विभिन्न देशको घटना हेर्दाखेरी त्यस्तो महत्वकांक्षा बढ्दाखेरी के हुन्छ ? संकट पैदा भएको देखेको छैन ? हामीले देखेको छौँ नि।” 

    “विश्वसनीय संस्था नेपाली सेना नै भनेका छौँ । नेपाली सेनाको अझै आधुनिकीकरण, पेसागत हिसाबले अझै सक्षम संस्था बनाउनु जरुरी छ । त्यहाँभित्रका धेरै कुराहरु लोकतान्त्रीकरण हुन सकेका छैनन् । त्यहाँ गणतन्त्र आएको छैन भन्ने लाग्छ मलाई,” उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार