एनएमबि लघुवित्तको बार्षिक साधारण सभा असार २१ गते, के–के छन् प्रस्ताव ?

एनएमबि लघुवित्तको बार्षिक साधारण सभा असार २१ गते, के–के छन् प्रस्ताव ?

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • images
    images
    एनएमबि लघुवित्तको बार्षिक साधारण सभा असार २१ गते, के–के छन् प्रस्ताव ?

    काठमाडौँ / एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २१ गते बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । 

    images
    images

    कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले असार २१ गते ११ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा पोखरामा रहेको होटल बाराही पोखरामा दिनको ११.३० बजेबाट सुरु गर्ने कम्पनीले जनाएको हो । 

    उक्त सभामा संस्थाको केन्द्रीय कार्यालय रहने ठेगाना सम्बन्धी संस्थाको प्रबन्धपत्रको नियमावली संशोधन गर्ने,संस्थापक तथा सर्वसाधारणतर्फको सेयर संरचना परिवर्तन गर्ने,संञ्चालक समिति सम्बन्धी संस्थाको प्रबन्धपत्र संशोधन गर्ने,अन्य लघुवित्तसँग गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमनकारी नियकाटबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

    यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

    सभामा १ जना संस्थापक र २ जना सर्वसाधारणतर्फको सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक तथा एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी असार ७ गतेदेखि २१ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार