महिन्द्राले ल्यायो ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी’ योजना

महिन्द्राले ल्यायो ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी’ योजना

बुधवार, असार ५ २०८१
बुधवार, असार ५ २०८१
  • images
    images
    महिन्द्राले ल्यायो ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी’ योजना

    काठमाडौँ / अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्कसले असार ९ देखि २१ गतेसम्मका लागि ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी’ योजना ल्याएको छ । 

    images
    images

    बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरूलाई लक्षित गरी सो योजना ल्याएको हो । यो योजना डेन्ट पेन्ट र बाहिरी श्रममा लागु नहुने कम्पनीले जनाएको छ । 

    साथै, यसको लाभ उठाउनको लागि ग्राहकले कम्तीमा एक हजार रुपैयाँको स्पेयर पार्ट्स खपत गर्नुपर्नेछ ।बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठका अनुसार ग्राहकहरूको सुविधाको लागि हामीले सो योजनाहरू ल्याइरहेको हो । 

    “यो योजना पनि त्यसै अन्तर्गतको हो । हामी चाहन्छौं कि बोलेरो ग्राहकहरूले अझ बढी बचत का साथै यस योजनामा सहभागी भई बढी भन्दा बढी लाभ लिन सकुन्,” उनले भने । उक्त योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कस अन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरूमा मात्र लागू गरिएको छ ।  

    साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रा.लि.ले यसै योजनाका अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ । सो योजना अन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्भिसिङ्ग, अग्नि हायर परचेज मार्फत सरल फाइनान्सिङलगायत अन्य सुबिधा पनि उपलब्ध गराउने छ ।
        

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार