images
images

निफ्राको १० लाख कित्ता शेयर बेच्दै एनआईसी एसिया बैंक, प्रतिकित्ता न्युनतम मूल्य कति ?

निफ्राको १० लाख कित्ता शेयर बेच्दै एनआईसी एसिया बैंक, प्रतिकित्ता न्युनतम मूल्य कति ?

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • निफ्राको १० लाख कित्ता शेयर बेच्दै एनआईसी एसिया बैंक, प्रतिकित्ता न्युनतम मूल्य कति ?

    काठमाडौँ / एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयर बिक्रीमा राख्ने भएको छ।

    images
    images
    images
    images

    एनआईसी एसिया बैंकले निफ्रामा रहेको १० लाख कित्ता संस्थापक शेयर भोलि असार १० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको हो।

    बिक्रीमा राखिने शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद असार १७ गतेसम्म तोकिएको छ।

    इच्छुक लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

    बिक्रीमा राखिने निफ्राको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र एनआईसी एसिया बैंकको काठमाडौं थापाथलीस्थित कर्पोरेट कार्यालयका साथै शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत तथा काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्न सक्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार