चप्पल लगाएर आएको भन्दै होटल हायात प्लालेसमा केक डेलिभर गर्न गएका राइडरमाथि दुर्व्यहार

चप्पल लगाएर आएको भन्दै होटल हायात प्लालेसमा केक डेलिभर गर्न गएका राइडरमाथि दुर्व्यहार

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    चप्पल लगाएर आएको भन्दै होटल हायात प्लालेसमा केक डेलिभर गर्न गएका राइडरमाथि दुर्व्यहार

    काठमाडौँ / चप्पल लगाएर पाँचतारे होटल प्रवेश गरेको भन्दै केकसेवाका राइडरमाथि दुर्व्यवहार भएको छ । 

    सोल्टिमोडको पाँचतारे होटल हायात प्लालेसमा फुड डेलिभरी गर्न गएका राइडरमाथि दुर्व्यवहार भएको हो ।

    लगाई वा शारीरिक बनावट, आर्थिक अवस्थाका आधारमा कोही माथि भेदभाव वा अपमानजनक व्यवहार गर्न नपाइने कानुन भए पनि केकसेवा डटकमबाट डेलिभरी गर्न गएका राईडर माथि होटल हायात प्यालेसका कर्मचारीले दुर्व्यवहार गरेका हुन् ।

    हायात प्यालेसका एक कर्मचारीले चप्पल लाएको भन्दै अपमानजनक व्यवहार गर्दै होटलमा प्रवेश गर्न नदिएको भन्दै केकसेवाले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ ।

    काठमाडौंको सोल्टिमोडमा रहेको पाँच तारे होटल हायात प्लेसले होटलमा रहेका विदेशी पर्यटकले अर्डर गरेको केक डेलिभरी गर्न गएका डेलिभरी ब्वाईलाई गत असार १२ गते बुधबार होटल परिसरभित्र प्रवेश गर्नबाट रोकेको केक सेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    केकसेवा डट कमका डेलिभरी ब्वाईलाई होटलमा छिर्नै नदिएर होटलका कर्मचारीले गरेको यस्तो दुर्व्यवहारका विषयमा आपत्ति जनाएको छ ।

    केक सेवा डट कमका डेलिभरी ब्वाईले चप्पल लगाएको भन्दै होटल परिसर भित्रै प्रवेश गर्न रोकेको केकसेवाका प्रबन्ध निर्देशक धर्मेन्द्र सापकोटाले जनाए ।

    प्रचण्ड गर्मीमा चप्पल लगाउनु सामान्य भएको र कुनै पनि होटल प्रवेशमा चप्पल लगाउनु ड्रेस कोडको मान्यता विपरीत नभएको केकसेवा डट कमका प्रबन्ध निर्देशक धर्मेन्द्र सापकोटाको दाबी छ ।

    होटल परिसरमा कही कतै अनिवार्य ड्रेस कोड समेत उल्लेख भएको पाईंदैन । बरु होटलमा बस्ने धनाड्यहरु चाहिँ चप्पल र अन्य अनौपचारीक पोसाकमै होटल परिसर तथा लवीमा डुलिरहेको पाइएको पनि उनले बताए ।

    आथित्य सत्कारमा केन्द्रित हुनुपर्ने होटले अतिथीलाई होटलभित्र प्रवेश गर्नैबाट गरेको रोकतोक निन्दनीय भएको सरोकारवालाहरुले बताएका छन् ।

    हायात प्लेसबाट हायात सेन्ट्रिकमा स्तरोन्नतीको क्रममा रहेको होटल परिसर निर्माणका क्रममा अस्तब्यस्त देखिन्छ । यत्रतत्र छरिएका निर्माण समाग्रीले होटलका ग्राहकलाई प्रभावित तुल्याएको छ ।

    होटलमा बसिरहेका पर्यटकले हायात प्लेस बुक गरेर गल्ति गरिएको समेत बताएको उनको विज्ञप्तिमा उल्लेख छ । 

    एक भारतीय पर्यटकले यो होटलको निर्माण सम्पन्न नभएसम्म होटल बन्द गरेर काम गरिनुपर्नेमा पर्यटकको नेपाल भ्रमणकै अनुभव बिगार्ने गरि निर्माण कार्य गर्दा देशकै बेईजत भएको बताएका छन् ।

    यस सम्बन्धि जानकारी लिन खोज्दा आफ्ना कर्मचारीबाट भएको गल्ति छानबिनको आश्वासन समेत नदिई केकसेवाको डिडिए गर्नु भन्ने रुखो सुझाव भारतीय नागरिक तथा हायात प्लेसका महाप्रबन्धक बरुण तलवारले दिएको पनि केकसेवाका प्रबन्ध निर्देशक सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार