चर्चित समाचार
  • विकास बैंक समूहको शेयरमा आकर्षण, आज यी कम्पनीका लगानिकर्ताले कमाए सर्वाधिक

    विकास बैंक समूहको शेयरमा आकर्षण, आज यी कम्पनीका लगानिकर्ताले कमाए सर्वाधिक

    बिहिवार, असार २० २०८१
    बिहिवार, असार २० २०८१
  • images
    images
    विकास बैंक समूहको शेयरमा आकर्षण, आज यी कम्पनीका लगानिकर्ताले कमाए सर्वाधिक

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । 

    परिसूचक १५.४६ अंक बढेर २ हजार ११९.६९ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन ५ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा आज करिब साढे ६ अर्ब बराबरको कारोबार भएको छ ।

    आजसँगै नेप्से लगातार चार कारोबार दिन बढेको हो । चार कारोबार दिनमा ८२.५९ अंक बढेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ०.४९ प्रतिशत, फ्लोट इन्डेक्स ०.८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ प्रतिशत वृद्धि भएको छ ।

    आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक घटेको छ भने बाँकी समूहको सूचक बढेको छ । तीमध्ये विकास बैंक समूहको सूचक सबैभन्दा बढी ३.४३ प्रतिशत वृद्धि भएको छ भने वित्त समूहको सूचक सबैभन्दा बढी ०.५९ प्रतिशत घटेको छ । 

    आज ३१३ धितोपत्रको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर ८४ हजार १२६ पटकमा ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

    यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक

    कारोबारमा आएका धितोपत्रमध्ये आँखुखोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता २२७.७० रुपैयाँ पुगेको छ । 

    शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा रहेको समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.२३ प्रतिशत बढेर २ हजार ९६० रुपैयाँ पुगेको हो । 

    1.JPG

    यी कम्पनीका लगानीकर्ताले गुमाए सार्वधिक

    आज मैलुङ खोला जलविद्युत कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९.३७ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६२९.९० रुपैयाँमा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा दोर्दी खोला जलविद्युत कम्पनी छ । कम्पनीको शेयर मूल्य ४.७५ प्रतिशत घटेर ४६१ रुपैयाँ कायम भएको छ । 

    2.JPG

    यी १० कम्पनीको उच्च कारोबार

    यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको ३० करोड ९ लाख रुपैयाँ बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७०८ रुपैयाँ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा नेपाल फाइनान्सको १७ करोड ६४ लाख रुपैयाँ बराबरको भएको हो । 

    3.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार