images
images

देशभर ९२.४ प्रतिशत रोपाईँ सम्पन्‍न, कुन प्रदेशमा कति सकियो ?

देशभर ९२.४ प्रतिशत रोपाईँ सम्पन्‍न, कुन प्रदेशमा कति सकियो ?

साउन १३ सम्ममा देशभर ९२.४ प्रतिशत धान रोपाइँ सम्पन्न भयो ।

सोमवार, साउन १४ २०८१
सोमवार, साउन १४ २०८१
  • देशभर ९२.४ प्रतिशत रोपाईँ सम्पन्‍न, कुन प्रदेशमा कति सकियो ?

    काठमाडौँ / मनसुनको अन्त्य नजिकिएसँगै देशभर ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ । 

    images
    images
    images
    images

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको करिब दुई महिनाको अवधिमा (साउन १३ गतेसम्म) देशभर ९२.४ प्रतिशतको हाराहारीमा बर्खे धानवालीको रोपाइँ सम्पन्न भएको हो । 

    अघिल्लो वर्षको साउन १२ गतेसम्ममा ७८.१ प्रतिशतको हाराहारी मत्रै रोपाइँ भएको थियो । यस बर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ ।

    यो वर्ष अहिलेसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाई सम्पन् भएको छ । उक्त प्रदेशमा १ लाख ७३ हजार ७ सय ९९ हेक्टरमा रोपाइँ भएको हो । 

    यस्तै अहिलेसम्म सबभन्दा कम रोपाईं कोशी प्रदेशमा भएको छ । कोशी प्रदेशमा ९०.७ प्रतिशत रोपाईं सम्पन्न भएको तथ्यांकले देखाउँछ । यो प्रदेशको २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ५० हजार ६२४ हेक्टर जमिनमा रोपाईं भएको छ । गत वर्ष भने यतिबेलासम्म कोशी प्रदेशमा ८३.६ प्रतिशत मात्रै रोपाईं भएको थियो ।

    यस्तै मधेस प्रदेशमा ९२, बागमती प्रदेशमा ९०.८ प्रतिशत, गण्डकी प्रदेशमा ९१.९ प्रतिशत,लुम्बिनी प्रदेशमा ९१.३ प्रतिशत र कर्णाली प्रदेशमा ९६.९ प्रतिशत जमिनमा रोपाईं सकिएको छ । मनशुनको आगमन समयमै भएकाले यसपाली देशको सबै प्रदेशमा र उच्च दरमा रोपाईं सकिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार