images
images

रियलमी सी६१ : टफ एज स्टिल  एन्ट्री–लेभल स्मार्टफोन नेपालमा उपलब्ध, मूल्य कति ?

रियलमी सी६१ : टफ एज स्टिल  एन्ट्री–लेभल स्मार्टफोन नेपालमा उपलब्ध, मूल्य कति ?

बिहिवार, साउन १७ २०८१
बिहिवार, साउन १७ २०८१
  • रियलमी सी६१ : टफ एज स्टिल  एन्ट्री–लेभल स्मार्टफोन नेपालमा उपलब्ध, मूल्य कति ?

    काठमाडौँ / सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा आफ्नो सबैभन्दा नयाँ एन्ट्री लेभल स्मार्टफोन रियलमी सी६१ सार्वजनिक गरेको छ । रियलमी सी६१ले यसको छ आरमोरसेल टफ बिल्ड, ईमप्याक्ट एवजर्बसन र व्यापक सुरक्षा सेटिङ्गको साथ नयाँ मानक सेट गर्दछ ।

    images
    images
    images
    images

    ४८ महिनाको फ्लुएन्सी (४ वर्षको ल्याग फ्री प्रयोगको ग्यारेन्टी) भएकोले प्रयोगकर्ताहरूले अब ४ वर्षसम्म नयाँ फोन चलाएको अनुभव गर्न सक्नेछन् । यो सुविधा यो मूल्यमा आउने स्मार्टफोनहरु मध्य सबैभन्दा उत्कृष्ट हो । 

    यसबारे बोल्दै रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटिजी मुनिस गिरीले भने, “रियलमीमा हाम्रो लक्ष्य भनेको हाम्रा प्रयोगकर्ताहरूलाई असाधारण मूल्यमा उत्कृष्ट फिचर भएको स्मार्टफोनहरु प्रदान गर्नु हो, र रियलमी सी६१ यसै प्रतिबद्धताको प्रमाण हो ।

    हामीले सी६१ लाई दैनिक जीवनमा आइपर्ने आकस्मिक घटनाहरु सामना गर्न सक्षम हुने तरिकाले डिजाइन गरेका छौँ । धातु, फोमदेखि सिलिकन लगायतका विभिन्न ८ प्रकारका सुरक्षा कवचहरु प्रयोग गरिएर बनाइएको यो फोनले एन्ट्री लेबल सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउनेछ ।”

    विशेषताहरू 

    रियलमी सी६१ इन्टिग्रेटेड मेटालिक फ्रेम, रिइन्फोर्समेन्ट ग्लास, र आईपी ५४ डस्ट र वाटर रेसिस्ट्यान्स सहित आउँछ ।  दैनिक जीवनमा आइपर्न सक्ने अप्रत्याशित क्षणहरू सामना गर्न इन्जिनियर गरिएको रियलमी सी६१ ले टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्दछ । बेन्ड, ड्रप र स्क्य्राच रेसिस्ट्यान्ट भएकोले यो फोन अरु प्रतिस्पर्धीहरु भन्दा उत्कृष्ट छ ।

    आरमोरसेल प्रोटेक्शन र टीयुभी रेनल्याण्ड हाइ रिलायबिलिटिको प्रमाणपत्रले यसको उत्कृष्ट गुणस्तर निर्माणलाई थप प्रमाणित गर्दछ । रियलमी सी६१ ले १० लाख वटा बटन प्रेस परीक्षण, ४० हजार वटा युसबी  प्लग/अनप्लग परीक्षण, र १४ हजार वटा माइक्रो ड्रप परीक्षण सहित ३२० भन्दा धेरै कडा गुणस्तर परीक्षणहरू पार गरेको छ । यी परिक्षणहरुले वर्षौंको प्रयोगसम्म पनि फोनको विश्वसनीयता र टिकाउपन सुनिश्चित गर्दछन् ।

    रियलमी सी ६१ शक्तिशाली अक्टा–कोर चिपसेटद्वारा सञ्चालित छ, जुन यो मूल्यको सबैभन्दा शक्तिशाली चिपसेट हो । यो चिपसेटले सहज गेमिङ पर्फमेन्स र चुस्त मल्टिटास्किङ सुनिश्चित गर्दछ । पावर प्याक युनिसोकटी६१२ चिपसेटले पनि गेमिङलाई सहज बनाउनुको साथै एपहरु पनि छिटो खुल्छन् । २५२,५९७ को प्रभावशाली एन्टुटु स्कोर र १.९ गिगाहर्जको हाइ क्लक स्पिडले रियलमी सी६१ को उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्दछ ।

    क्यामेरा

    ३२ एमपीको सुपर क्लियर क्यामेरा रहेको रियलमी सी६१ ले उत्कृष्ट शटहरू खिच्न सजिलो बनाउँछ । एड्भान्स्ड फोटोग्राफी एल्गोरिदमले प्रयोगकर्तालाई अझ सटिक र जिवन्त रङहरू निकाल्न सक्षम बनाउँछ । यो फिचरले गर्दा रियलमी सी६१ लाइ यो सेग्मेन्टको सबैभन्दा उत्कृष्ट फोन बनाएको छ । त्यसैगरी, नाइट मोडले रातको समयमा फोटो खिच्न पनि अझ सजिलो बनाउँछ र अँध्यारो समयमा पनि डिटेल्स र सार्पनेस कायम रहन्छ । ४–इन–१ पिक्सेल बिनिङ टेक्नोलोजी र एड्भान्स्ड सेन्सर हार्डवेयर भएकोले ४ वटा पिक्सेललाई एउटै बनाएर ठुलो बनाउन सकिन्छ ।

    ब्याट्री

    ५००० एमएएचको शक्तिशाली ब्याट्री भएको रियलमी सी६१मा सिंगल चार्जमा ३० घण्टा भन्दा बढी भ्वाइस कल गर्न सकिन्छ । साथै १००० चोटी चार्ज गर्दा पनि ब्याट्रीको गुणस्तर ८० प्रतिशत सम्म कायम रहन्छ ।

    डिजाइन

    ७.८४ एमएमको स्लिम बडी भएको रियलमी सी६१ चलाउन पनि उत्तिकै सहज छ । यसको ९०हर्जको आइ कम्फर्ट डिस्प्लेले स्पष्ट र लिक्विड स्मूथ डिस्प्ले सुनिश्चित गर्दछ । यो फिचर पनि यो मूल्यमा पाउने स्मार्टफोनहरु मध्य सबैभन्दा उत्कृष्ट हो । रियलमी सी६१ मा ६+६ जीबी सम्मको डाइनामिक -याम छ, जसले स्विफ्ट र रेस्पोन्सिभ मल्टिटास्किङ सुनिश्चित गर्दछ ।

    साथै यसको ९० हर्जको उच्च रिफ्रेस रेट र १८० हर्जको टच स्याम्प्लिङ्ग रेटले लिक्विड स्मूथ भिजुअल र एक रेस्पोन्सिव डिस्प्ले प्रदान गर्दछ । रेनवाटर स्मार्ट टच भएको हुँदा रियलमी सी६१ भिजेको हातले छुँदा पनि राम्रो सँग चलाउन सकिन्छ ।

    इन्टरफेस

    नयाँ मिनी क्याप्सुल २.० ले प्रयोगकर्तालाई सिमलेस कन्ट्रोल र नेक्स्ट लेभल अन्तरक्रिया प्रदान गर्दै सूचनाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहज बनाउछ जसले Gen Z (जेन जी) प्रयोगकर्ताको मन जित्ने विश्वास कम्पनिले लिएको छ । रियलमीको Intuitive  UI (इण्टुइटिभ यू आइ ) पनि भएकोले रियलमी सी६१ ले रमाइलो र सिमलेस अनुभव प्रदान गर्दछ ।

    मूल्य र उपलब्धता 

    रियलमी सी६१ दराज र नेपालभरका सम्पूर्ण आधिकारिक रिटेलर्सहरुमा उपलब्ध छ । रियलमी सी६१ को ४ जीबी प्लस ६४ जीबी  भेरियन्टको लागि १३ हजार ४९९ र ६ प्लस १२८ जीबी भेरियन्टको लागि १६ हजार ४९९ रुपैयाँ राखिएको छ । रियलमी सी६१ मार्बल ब्ल्याक र सफारी ग्रीन जस्ता आकर्षक रंगहरूमा उपलब्ध छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार