images
images

रिलायबल नेपालको बार्षिक वित्तीय विवरण : खुद मुनाफामा २७.५७ प्रतिशतको वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

रिलायबल नेपालको बार्षिक वित्तीय विवरण : खुद मुनाफामा २७.५७ प्रतिशतको वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • रिलायबल नेपालको बार्षिक वित्तीय विवरण : खुद मुनाफामा २७.५७ प्रतिशतको वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४२ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको गत आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा यस कम्पनीले ४२ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा २७.५७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    यता, चौथो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १०.८८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ७९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा शिर्षकमा १ अर्ब ७५ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १६ करोड ३२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ७४ करोड १२ लाख रुपैयाँ रहेको छ ।

    त्यस्तै, अघिल्लो आर्थिक बर्षको चौथो त्रैमाससम्ममा कम्पनीको जीवन बीमाकोषमा ७ अर्ब ४० करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असारमसान्तको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ३५।७९ प्रतिशतले वृद्धि भएर १० अर्ब ५ करोड पुगेको छ ।

    कम्पनीले यस अवधिमा ३ अर्ब ८९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.१७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३१ करोड ९ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ५४ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

    समिक्षा अवधिमा कम्पनीले ४८ करोड ६० लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ८१ लाख रुपैयाँ खर्चिएको थियो ।

    यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९.१९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५८.८४ रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार