images
images

सेनाको अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ? (सूचना)

सेनाको अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ? (सूचना)

शुक्रवार, भदौ ७ २०८१
शुक्रवार, भदौ ७ २०८१
  • सेनाको अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ? (सूचना)

    काठमाडौँ / नेपाली सेनाले रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाले रिक्त रहेको २८० पदमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरेको हो । 

    images
    images

    भर्ना छनौट निर्देशनालय, जङ्गी अड्डा शुक्रबार सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईट  www.nepalarmy.mli.np बाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ । 

    फारम भरी सो को प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रु. १० को टिकट ताँसी दरखास्त पेस गर्न सकिनेछ । 

    आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । अन्तिम दिन सार्वजनिक बिदा भएमा अनलाइनबाट भरेको दरखास्त फाराम सोभन्दा पछाडि कार्यालय खुल्ने दिन सम्बन्धित भर्ना केन्द्रमा बुझाउन सकिने सूचनामा भनिएको छ । 

    Sena notice_11zon.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार