images
images

सेन्सेइले सुरु गर्यो ‘उत्सव खुसीयाली’ अभियान, घरायसी उपकरण खरिदमा छुट र विशेष अफर

सेन्सेइले सुरु गर्यो ‘उत्सव खुसीयाली’ अभियान, घरायसी उपकरण खरिदमा छुट र विशेष अफर

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • सेन्सेइले सुरु गर्यो ‘उत्सव खुसीयाली’ अभियान, घरायसी उपकरण खरिदमा छुट र विशेष अफर

    काठमाडौँ / नेपाल–सीजी इलेक्ट्रोनिक्सल  अन्तर्गत सेन्सेइ  ब्राण्डले चाडपर्वको अवसरमा ‘उत्सव खुसीयाली’ अभियान सुरु गरेको घोषणा गरेको छ। 

    यस अभियानले ग्राहकहरूलाई सेन्सेइ ब्राण्डका घरायसी उपकरणहरूमा आकर्षक छुट र विशेष अफरहरू प्रदान गर्दै चाडपर्वको खुसीयालीलाई थप रोमाञ्चक बनाउने लक्ष्य कम्पनीले लिएको हो । 

    सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने र टिकाउ हुने कम्पनीको भनाई छ । 

    यस अभियान अन्तर्गत, ग्राहकहरूले सेन्सेइ का घरायसी उपकरणहरू खरिद गरी बम्पर ड्रमा भाग लिन सक्नेछन्। बम्पर ड्रमा दुई जना भाग्यशाली विजेताहरूलाई ६५ू टेलिभिजन जस्ता ठूलो पुरस्कार प्रदान गरिनेछ। 

    यो अवसरले ग्राहकहरूको चाडपर्वलाई अझ रोमाञ्चक र सम्झनलायक बनाउनेछ। 
    बम्पर ड्रमा सहभागी हुन क्युआर कोर्ड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिनेछ । 

    ग्राहकहरूको सुविधाका लागि, सीजी इलेक्ट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि इएमआई (किस्ता) भुक्तानीको सुविधा उपलब्ध गराएको छ। 

    क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले अफरहरूको फाइदा उठाउन सकिने कम्पनीले जनाएको छ । 

    सीजी इलेक्ट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। 

    सेन्सेइ जस्ता अन्तर्राष्ट्रिय ब्राण्डहरूको प्रतिनिधित्व गर्दै, सीजी इलेक्ट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार