काठमाडौँ / नेपाली बजारमा मङ्गलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेर १ लाख ५८ हजार १ सय रुपैयाँ तोकिएकोे छ ।
अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८६० रुपैयाँ रहेको चाँदी आज १ हजार ८७५ रुपैयाँ पुगेको छ ।