images
images

छानविन समितिले पेश गरेको प्रतिवेदनको स्पिरिट सबैले थाहा पाउन आवश्यक छ : सभापति धमला

छानविन समितिले पेश गरेको प्रतिवेदनको स्पिरिट सबैले थाहा पाउन आवश्यक छ : सभापति धमला

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • छानविन समितिले पेश गरेको प्रतिवेदनको स्पिरिट सबैले थाहा पाउन आवश्यक छ : सभापति धमला

    काठमाडौँ / आज (मंगलबार) आयोजित साक्षत्कार कार्यक्रममा रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले सहकारी ठगी प्रकरणमा बनेको छानविन समितिले पेश गरेको प्रतिवेदनको स्पिरिट सबैले थाहा पाउन आवश्यक रहेको बताए ।

    images
    images

    सहकारीबाट ६५ करोड रुपैयाँ आएको र सो रकम तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको हस्ताक्षर भएको चेकबाट निकालिएको प्रतिवेदनमा रहेको र सो कुरा लामिछाने स्वयंले पनि स्वीकार गरिसकेको अवस्था रहेको उनले बताए । 

    ‘राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको छ, रवि लामिछानेले भन्नुभएको छ, त्यो पार्टीबाट समितिको सदस्य रहनुभएको शिशिर खनालले भन्नुभएको छ– रवि लामिछानेलाई क्लिन–चिट दियो । तर, प्रतिवेदनमा विभिन्न पाँच वटा सहकारीबाट ६५ करोड गोर्खा मिडियामा गएको छ ।’ उनले भने, ‘त्यो पैसा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले चेकमा हस्ताक्षर गरेको कुरा बाहिर आएको छ । उहाँले पनि स्वीकार गर्नुभएको छ । अब त्यसको दोषी को ? चेकमा सही गर्ने व्यक्ति दोषी हो कि होईन ? यो प्रतिवेदनले दिन खोजेको सन्देश के हो ?’

    सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रतिनिधि सभामा प्रतिवेदन पेश गरिसकेपछि अनेकन टिकाटिप्पणी सुरु भएको छ । 

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भनी नेपाली कांग्रेसले संसद्मा निरन्तर आवाज उठाएपछि छानविन समिति गठन भएको थियो । छानविन समितिमा रास्वपाका सांसद शिशिर खनाल पनि सदस्य थिए । 

    छानविन समितिका सदस्य ढकाल र लामिछाने स्वयमंले सहकारी ठगीको आरोपमा क्लिन चिट पाएको दाबी गरिरहेका छन् । समितिले प्रतिनिधि सभालाई पेश गरेको प्रतिवेदनको परिच्छेद १८ अन्तर्गतको सुझाव तथा सिफारिस खण्डमात्रै सार्वजनिक भएको छ । 

    समितिलाई विभिन्न २९ वटा सहकारीमाथि छानविन गर्न र गोर्खा मिडियामा सहकारीमार्फत आएको रकमबारे पनि अनुसन्धान गर्न भनिएको थियो । छानविन समितिले सहकारी ठगीमा संलग्न धेरैलाई कारबाहीको सिफारिस गरेपनि यतिबेला चर्चामा रवि लामिछाने र गोर्खा मिडिया रहेको छ । छानविन समितिले पेश गरेको प्रतिवेदनलाई कानुनी रुपमा कसरी बुझ्ने भन्नेबारेमा रिपोर्टर्स क्लब नेपालले कानुनविद्हरुसँग साक्षत्कार गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार