काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा दिपेश बाबु तिवारीलाई नियुक्त भएका छन् ।
कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ सहायक महाप्रबन्धकसमेत रहेका तिवारीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
तिवारीलाई कात्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।
हाल कम्पनी सचिव रहेका नारायणहरी अधिकारीले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए ।
अधिकारीको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिको बैठकले तिवारीलाई सचिवमा नियुक्त गरेको हो ।