images
images

एमआरपी मूल्य सम्बन्धमा होटल संघले सार्वजनिक गर्यो आफ्नो धारणा

एमआरपी मूल्य सम्बन्धमा होटल संघले सार्वजनिक गर्यो आफ्नो धारणा

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • एमआरपी मूल्य सम्बन्धमा होटल संघले सार्वजनिक गर्यो आफ्नो धारणा

    काठमाडौँ / होटल संघ नेपालले एमआरपी मूल्य (अधिकतम बिक्री मूल्य)मा सम्बन्धमा आफ्नो धारणा व्यक्त गरेको छ । संघले एक विज्ञप्ति जारी गरी संघमा आवद्ध अन्तर्राष्ट्रिय ब्राण्डका चेन, तारे लगायत पर्यटकस्तरीय होटल प्रतिष्ठानहरू एमआरपी मूल्यमा पानी बेच्न सहमत भएको बताएको हो । 

    images
    images
    images
    images

    उत्पादक÷वितरकसँग खरिद गरेको वा आफ्नै नाम ब्राण्डमा उपलब्ध गरिएको बोतलको पानी माग गर्ने ग्राहकको रोजाइ तथा इच्छित सेवा पुर्याउँदा कर्मचारीको पारिश्रमिक, वातानुकुलित साजसज्जा सहितको रेस्टुराँ कक्ष सोको लागि उपयुक्त सुरक्षा, बिजुली, लिज भाडा लगायतका अन्य प्रशासनिक तथा वित्तीय खर्च जस्ता ओभरहेड समेत थपिन जाने हुँदा सो सम्बन्धमा सरकारले नीति, निर्देशिका बनाउनु पर्ने संघको धारणा छ । 


    सरकारले उपयुक्त व्यवहार तथा नीति निर्देशन भएमा राज्यको नीति, नियम, कानून पूर्ण रुपमा पालना गरी व्यवसाय सञ्चालन गर्न होटल संघ नेपालमा आवद्ध सदस्य होटल प्रतिष्ठानहरू प्रतिबद्ध रहेको संघको दावी छ । 

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले काठमाडौँको कतिपय रेस्टुरेन्टले पानी एमआरपी मूल्यभन्दा बढीमा बेचेको पाएपछि २ लाख रुपैयाँ जरिवाना तिराएपछि संघका पदाधिकारीहरूले मन्त्री र विभागका पदाधिकारीहरूसँग छलफल थालेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार