images
Logo
images
images
images

‘यातायात व्यवसायीको एउटामात्रै माग यात्रुहरुलाई गन्तव्यमा सुरक्षित पुर्याउनु हो, हामी राज्यसँग मिलेर २४ घण्टै खटिइरहेका छौं’

‘यातायात व्यवसायीको एउटामात्रै माग यात्रुहरुलाई गन्तव्यमा सुरक्षित पुर्याउनु हो, हामी राज्यसँग मिलेर २४ घण्टै खटिइरहेका छौं’

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • ‘यातायात व्यवसायीको एउटामात्रै माग यात्रुहरुलाई गन्तव्यमा सुरक्षित पुर्याउनु हो, हामी राज्यसँग मिलेर २४ घण्टै खटिइरहेका छौं’

    काठमाडौँ / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मौसम विभागले प्राकृतिक प्रकोपको चेतावनी पहिले नै दिँदा पनि सचेत हुन नसक्दा ठूलो क्षति ब्यहोर्नुपरेको बताएका छन् । 

    images
    images
    images
    images

    आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले असार महिनादेखि असोजको १५ गतेसम्म अनुमानित १९ लाख जनता प्रभावित हुन्छन् भन्ने मौसम विभागको पूर्वानुमान भएपनि सरकारले पूर्वतयारी र सतर्कता अपनाउन नसकेको बताए । 

    ‘यो प्रकोप मौसम विभागले पहिलादेखि नै चेतावनी दिएको थियो । असार महिनादेखि असोजको १५ गतेसम्म अनुमानित १९ लाख जनता प्रभावित हुन्छन् भन्ने चेतावनी थियो,’– सिटौलालले भने । 

    अविरल वर्षापछि  अवरुद्ध सडक खुलाउनका लागि राज्यको संयन्त्रसँग आफुहरु पनि दिनरात नभनी खटिइरहेको उनले बताए । राजनीतिक अस्थितरताका कारण यस्ता प्रकारका विपत्तिमा उद्धार, पुनर्स्थापना र राहतको काम हुन नसकेको उनको भनाइ छ । 

    ‘राज्य पनि खटेको छ । हामी पनि अहिले २४ घण्टै खटेका छौं । नेपालभरीको सडकको अवस्थामा तपाईँ हामी जानकार छौं । यो देशको सडकको अवस्था यस्तो किन भयो ? वास्तवमा भन्ने हो भने राजनीतिक अस्थितरताको कारणले गर्दा पनि काम भएको छैन,’– उनले भने ।  

    राज्यले रात्री बस नचलाउनका लागि गरेको आग्रहपछि त्यो दिन काठमाडौं उपत्यकाबाट एउटा पनि रात्री बस नछुटेको उनको दाबी छ । वरिष्ठ उपाध्यक्ष सिटौलाका अनुसार पहिरोमा परेर झ्याप्ले खोलामा पुरिएको बस रात्री बस थिएन । ती बसहरु दिनमै छुटे पनि विभिन्न ठाउँमा अवरुद्ध भएको कारण रातिको समयमा त्यहाँ आइपुगेको उनले बताए । 

    ‘झ्याप्ले खोलाको रात्री सेवाको गाडी होईन । त्यो बुटवलबाट आएको माइक्रोबस दिवामा आएको हो । नारायणघाटबाट दिवामा आएको गाडी हो । पोखराबाट आएको पर्यटकीय गाडी दिवामा आएको हो । रात्री सेवामा हामीले गाडी ल्याएका छैनौं,’– उनले भने । 

    विपी राजमार्गको मंगलटारमा अहिले पाँच सय वटा माइक्रोश, टाटासुमो र जिपहरु अलपत्र अवस्थामा रहेको उनले बताए । त्यहाँका मान्छेहरु कतिपय हिँडेर पनि आइरहेको बताउँदै उनले त्यहाँ अहिले ६ सय जना मजदुर अलपत्र अवस्थामा रहेको बताए । 

    साथै, तत्काल विपी राजमार्ग पूर्ण रुपमा सुचारु गर्न सकिने अवस्थामा आफूहरुले नपाएको बताए । ‘विपी राजमार्ग तत्काल सञ्चालन हुने वातावरण हामीले बुझेका छैनौं । छ सय मजदुरलाई रेस्क्यू गर्न मैले विशेष अनुरोध गरेँ,’– उनले भने । 

    त्यस्तै, रोशी खोलाले ७० वटा टिपर बगाएको उनले बताए । उनका अनुसार देशभरी कति वटा गाडीहरु बाढीले बगायो भनेर तथ्याङ्क आइसकेको छैन । 

    साथै, अहिले भाडा बढाउनका लागि अग्रिम टिकट बुकिङ ढिला खोलिएको भन्ने आरोप आफूहरुमाथि रहेको बताउँदै उनले यसमा कुनै गलत नियत नरहेको बताए  । यातायात व्यवसायीको माग केवल चाडवाडको समयमा सुरक्षित रुपमा नागरिकहरुलाई गन्तव्यमा पुर्याउने रहेको उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार