images
Logo
images
images
images

अब चुनावमा माओवादी केन्द्र एक्लै लड्छ र जित्छ –अध्यक्ष प्रचण्ड, १३ बुँदामा उद्घोष

अब चुनावमा माओवादी केन्द्र एक्लै लड्छ र जित्छ –अध्यक्ष प्रचण्ड, १३ बुँदामा उद्घोष

शनिवार, असोज १९ २०८१
शनिवार, असोज १९ २०८१
  • अब चुनावमा माओवादी केन्द्र एक्लै लड्छ र जित्छ –अध्यक्ष  प्रचण्ड, १३ बुँदामा उद्घोष

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गरेका छन् । 

    images
    images
    images
    images

    नेकपा माओवादी केन्द्र दोलखा –काठमाडौँ सम्पर्क– समन्वय समितिले आयोजना गरेको छलफलमा उनले यस्तो बताएका हुन् । छलफलमा यस्ता तर्क राखे ।

     १. विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको थियो । त्यसैले एक्लै लड्छ । 

    २. अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको छ । त्यसको आरम्भ आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिन्छ । 

    ३. आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति  जनतामा नयाँ आशा र आकर्षण पैदा भएको छ । 

    ४. जनताले माओवादीप्रति देखाएको आशा र आकर्षणलाई सङ्गठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने प्रतिबद्धता छ । 

    ५. हालैको अविरल वर्षाका कारण उत्पन्न सङ्कट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको छ । 

    ६. जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने रहेछ । प्राकृतिक विपत्तिको घडीमा आफ्नो पार्टीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको छ । 

    ७. समस्यामा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छु । धेरै बुद्धिजीवी र अन्य दलका नेता कार्यकर्ताहरुले पनि जनताको अधिकार अझ सुदृढ गर्न माओवादी नेतृत्व अगाडि आउनुपर्ने बताएका छन् । 

    ८. मुलुक र जनताको नेतृत्व गर्नु भनेको प्रधानमन्त्री हुनु मात्र होइन, जनताका साथमा रहेर उनीहरूको हितका निम्ति आन्दोलनको नेतृत्व गर्नु पनि हो  । 

    ९.जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएको छ । 
    भूकम्पका बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयन,  सत्तापक्ष र विपक्षको आँखाले नहेरी राष्ट्र र जनतालाई केन्द्रमा राखेर माओवादी केन्द्रले काम गरिरहेको जनताले बुझेका छन् । 

    १०. अन्तरराष्ट्रिय जगतमा पनि पार्टीको गरिमा बढेको छ । मुलुकको कूटनीति कुशलतापूर्वक सञ्चालन गरेको तथा त्यस क्रममा राष्ट्रसङ्घीय खाद्य सम्मेलन, संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभा र जलवायु सम्मेलनमा सहभागी भएर पार्टी र देशको गौरव बढाएको  थिएँ । 

    ११. भारत र चीनसँगको सन्तुलित कूटनीतिका कारण माओवादी केन्द्र र यसको नेतृत्व विश्वसमुदायमाझ  स्थापित भएको छ । 

    १२. पार्टीको सिङ्गो केन्द्रीय समिति नेतृत्वमा एकताबद्ध छ । आगामी केन्द्रीय समितिको बैठकले सङ्गठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने छ । 

    १३. सबै दलका नेताहरुको विवेक र चेतनाको परीक्षण भएको छ । हाम्रो आफ्नो पार्टी परिवर्तनकारी छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार