images
images

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

आइतवार, असोज २७ २०८१
आइतवार, असोज २७ २०८१
  • पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

    म्याग्दी / धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन ।सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच  पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । 

    images
    images
    images
    images

    प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए ।

    “हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो,” उनले भने, “मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव सङ्कलन गरेर घटनास्थलबाट ल्याउने प्रयास सफल भएको छैन ।”

    बुधबार, बिहीबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको थियो । शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेनन् । 

    सम्बद्ध ट्रेकीङ कम्पनीले अनुकूल मौसम भएमा सोमबार शव ल्याउन हेलिकप्टरमा उद्धार टोली पठाउने जानकारी आएको प्रनाउ श्रेष्ठले बताए । 

    आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । 

    प्रहरीका अनुसार रुसी नागरिक  अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो । 

    ‘आइ एम ट्रेकिङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ पर्वतारोही बिचमै आरोहण रद्द गरेर फर्किएका थिए । 

    विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रुसका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार