images
images

चाडपर्वका अवसरमा ३० प्रतिशतसम्म छुट दिँदै पोखराका होटल व्यवसायी

चाडपर्वका अवसरमा ३० प्रतिशतसम्म छुट दिँदै पोखराका होटल व्यवसायी

मंगलवार, असोज २९ २०८१
मंगलवार, असोज २९ २०८१
  • चाडपर्वका अवसरमा ३० प्रतिशतसम्म छुट दिँदै पोखराका होटल व्यवसायी

    पर्यटन राजधानी पोखराका होटेलहरूले विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिएका छन्।

    images
    images
    images
    images

    होटेल सङ्घ नेपाल पोखराका अनुसार चाडपर्वलाई लक्षितगरी सङ्घ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा बडादसैँदेखि तिहारसम्म प्रकाशित दररेट (आवासमा)मा पाहुनालाई ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो । 

    सङ्घका अध्यक्ष लक्ष्मण सुुवेदीले यस प्रकारको छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई अनुरोधसमेत गरेका छन् । 

    भ्रमण र पदयात्राका लागि पोखरा र सिङ्गो गण्डकी प्रदेश सबै मौसमका लागि उपयुक्त छ भन्ने मान्यताअनुरूप विगत केही वर्षदेखि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

    “पर्यटन क्षेत्रले भोग्दै आएका समस्या र चुनौतीहरूको सामाना गर्दै यस क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सङ्घको सत्प्रयास निरन्तर अगाडि बढिरहेको छ । यस छुट अभियानले आन्तरिक पर्यटनकहरूलाई आकर्षित गरी सो प्रयासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष सुवेदीले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार