images
images

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सावजनिक, ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सावजनिक, ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सावजनिक, ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

    भक्तपुर / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । 

    images
    images
    images
    images

    बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

    बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) मा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी सहभागी भएका थिए । 

    परीक्षामा सहभागी परीक्षार्थीमध्ये ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्तगरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । 

    परीक्षामा दुई जनाको नतिजा रद्द गर्नुका साथै तीन जनाको परीक्षा स्थगित भएको थियो । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार