images
images

केबलकार निर्माण पक्षधर र विरोधीबिच बबण्डर, ढुङ्गा हानाहान हुँदा ६ जना घाइते

केबलकार निर्माण पक्षधर र विरोधीबिच बबण्डर, ढुङ्गा हानाहान हुँदा ६ जना घाइते

शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • केबलकार निर्माण पक्षधर र विरोधीबिच बबण्डर, ढुङ्गा हानाहान हुँदा ६ जना घाइते
    images
    images

    फुङ्लिङ (ताप्लेजुङ) / ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण पक्षधर र विरोधीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । आज यहाँ भएको झडपमा केबलकार बनाउने पक्षका दुई, विपक्षका एक, अन्य स्थानीय एक र सुरक्षाकर्मी दुई गरी ६ जना घाइते भएका हुन् । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा केवलकार पक्षधर फुङ्लिङ नगरपालिका-४ का ४० वर्षीय दामोदर अधिकारी, मेरिङदेन गाउँपालिका–४ का २६ वर्षीय कुमार शेर्पा, विपक्षका फुङ्लिङ नगरपालिका–४ बस्ने ४५ वर्षीय चन्द्र मादेन घाइते भएका छन् । 

    पाथीभरामा भरिएका रूपमा काम गर्दै आएका फक्ताङलुङ गाउँपालिका-५ का अर्जुन लिम्बू, सुरक्षकर्मीतर्फ सशत्र प्रहरी डिगेन्द्र ओली र प्रहरी जवान अभिनास माझी घाइते भएको कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए। 

    घाइतेलाई जिल्ला अस्पताललगायत स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणका विषयमा दुई पक्षबीच केहीबेर ढुङ्गा हानाहान भएको थियो । केवलकार निर्माणको लागि शिलान्यास गर्न लगिएको एक्स्काभेटरलाई विपक्षमा रहेकाहरूले अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ । 

    स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्सपेक्टर विवेक बस्नेत नेतृत्वको प्रहरी टोलीले एक्स्काभेटर अपरेटरबाट प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चाबी नियन्त्रणमा लिएको थियो । त्यसपछि केबलकार निर्माण पक्ष र विपक्षबीच झडप भएको जनाइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार