images
images

हिमालयन क्यापिटलको साधारण सभा सम्पन्न : ७ प्रतिशत नगद लाभांश पारित

हिमालयन क्यापिटलको साधारण सभा सम्पन्न : ७ प्रतिशत नगद लाभांश पारित

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • हिमालयन क्यापिटलको साधारण सभा सम्पन्न : ७ प्रतिशत नगद लाभांश पारित

    काठमाडौँ / हिमालयन क्यापिटल लिमिटेडले सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत बुधबार क्यापिटलको केन्द्रीय कार्यालय कमलादी, काठमाडौँ (आइ.टि प्लाजा)मा सम्पन्न भएको हो ।

    सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

    साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभा मार्फत पारित गरिएको छ । साधारण सभामा संस्थाका सञ्चालकहरूको पुर्ननियुक्ति सम्बन्धि प्रस्ताव पनि अनुमोदन गरेको क्यापिटलले जनाएको छ । 

    कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनीलप्रसाद गोर्खालीले संस्थाका भावी योजनाहरूबारे मन्थन गरी संस्थाका शेयरधनीहरू, ग्राहकहरू र सरोकारवालाहरूलाई वहाँहरूको निरन्तर साथ र सहयोगको लागि धन्यवाद ज्ञापन गरे ।

    संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकहरूलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

    हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिंग सेवा अन्तर्गत निक्षेप सदस्य, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहरू ग्राहकहरूलाई प्रदान गर्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार