काठमाडौँ / क्रिकेट संघ नेपाल (क्यान)द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मूख्य प्रायोजकको रूपमा आवद्ध भएको छ ।
क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारीहरू, बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया, सञ्चालक समितिका सदस्यहरू, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्षहरू र प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मूख्य प्रायोजक सार्वजनिक गरेको थियो ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टी.यु अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।
सो अवसरमा नेपालको क्रिकेट जगतलाई थप उचाइमा पु-याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको धारणा बैंकका अध्यक्ष मनोज कुमार केडियाले व्यक्त गरे ।
साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत कडेलले बैंकको यस समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पु¥याइ देशको आर्थिक र सामाजिक विकासमा योगदान पु-याउन मद्दत पुग्ने बताए ।
पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मूख्य प्रायोजकको रूपमा जोडिएको हो ।
यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीहरूमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पु¥याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।