काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज (शुक्रबार) बिजुली लाइन सटडाउन गर्ने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म लाइन सटडाउन गर्ने जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली सटडाउन गर्नुपर्ने जनाएको छ ।
साथै, फिडर सटडाउनका कारण स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।
तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै लाइन सुचारु हुने बताइएको छ ।