काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भूभागहरू लगायत बाँकी तराईका भूभागहरू तथा उपत्यकाहरूका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।
शनिबार कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
आइतबार राति पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ ।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।
सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।