images
images

प्रधान सेनापतिद्वारा भारतमा तालिमरत अधिकृत क्याडेटहरूको कवाज निरीक्षण तथा अवलोकन

प्रधान सेनापतिद्वारा भारतमा तालिमरत अधिकृत क्याडेटहरूको कवाज निरीक्षण तथा अवलोकन

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • प्रधान सेनापतिद्वारा भारतमा तालिमरत अधिकृत क्याडेटहरूको कवाज निरीक्षण तथा अवलोकन
    images
    images

    भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देल शनिबार इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाज निरीक्षण तथा अवलोकन गरेका छन् । 

    भारतको देहरादुनस्थित  इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा उनी प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए । 

    सो अवसरमा उनले अधिकृत क्याडेटहरुद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गरे । 

    कार्यक्रममा उनले नवनियुक्त अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै उनीहरुसँग अन्तरक्रिया समेत गरेका थिए । 

    नेपाली सेनाले २०१० सालदेखि इन्डियन मिलिटरी एकेडेमीमा मा आफ्ना अधिकृत क्याडेटहरूलाई तालिममा सहभागी गराउँदै आइरहेको छ । 

    हालसम्म उक्त एकेडेमीबाट दुईसय भन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरू दीक्षित भइसकेका छन् ।  

    बाह्र देशका अधिकृत क्याडेटहरू तालिमरत उक्त एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेटहरू तालिमरत रहेका छन् ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार