images
images

प्रधान सेनापति सिग्देल भारतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

प्रधान सेनापति सिग्देल भारतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • प्रधान सेनापति सिग्देल भारतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
    images
    images

    काठमाडौँ / भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानसेनापति अशोक राज सिग्देल भ्रमण सम्पन्न आज स्वदेश फर्किएका छन् । प्रधान सेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको नेपाली सेनाले जनाएको छ ।

    भारत भ्रमणको क्रममा यही मंसिर २७ गते प्रधान सेनापति महारथी सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिईन् ।

    भ्रमणको सिलसिलामा प्रधान सेनापति महारथी सिग्देल भारतको देहरादुनस्थित Indian Military Academy मा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथि (Reviewing Officer)  को रूपमा सहभागी थिए ।

    प्रधान सेनापति महारथी सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, ऋजष्भा या म्भाभलअभ क्तबाा जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेको पनि नेपाली सेनाले जारी गरेको विज्ञप्तीमार्फत जनाईएको छ ।

    सोही अवसरमा उनले भारतीय सेनाको  Southern Command अन्तर्गतका Air Force Qmation, Tata Advanced System Limited लगायतका विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि भ्रमण गरेका थिए ।

    यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबिच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध थप सुदृढ हुनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण हुने विश्वास नेपाली सेनाले लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार