images
images

कुलेखानीले क्षति पु-याएको स्थानमा बेलिब्रिज हालिने

कुलेखानीले क्षति पु-याएको स्थानमा बेलिब्रिज हालिने

बिहिवार, पुस ११ २०८१
बिहिवार, पुस ११ २०८१
  • कुलेखानीले क्षति पु-याएको स्थानमा बेलिब्रिज हालिने
    images
    images

    काठमाडौँ / असोज ११ र १२ गतेको अविरल वर्षासँगै कुलेखानी जलविद्युत् आयोजनाको ड्याम खोल्दा क्षति भएको हेभीखोलामा बेलिब्रिज हालिने भएको छ । 

    कुलेखानी भरिएसँगै ओभरफ्लो रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको हेभीखोलाको पुलमा क्षति पुगेको थियो ।

    तत्कालीन समयमा चाडपर्व भएका कारण खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको थियो । हाल उक्त डाइभर्सनबाटै सवारी हेभीखोला वारपार गरिरहेका छन् । 

    ड्यामबाट क्षति पुगेको उक्त पुल तत्कालन सञ्चालन गर्न नसकिने निष्कर्ष निकाल्दै प्रदेश सरकारले बेलिब्रिज हाल्ने निर्णयमा पुगेको हो ।

    बागमती प्रदेश सरकारको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले तत्काल उक्त स्थानमा बेलिब्रिज हाल्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । 

    उनका अनुसार भीमफेदी गाउँपालिका–६ स्थित माण्डु खोलामा रहेको बेलिब्रिज निकालेर उक्त स्थानमा तत्काल हाल्ने निर्णय बैठकले गरेको छ । माण्डु खोलमा पक्की पुल निर्माण भएसँगै बेलिब्रिज प्रयोगमा आएको छैन ।

    “आगामी वर्षाअगाडि नै उक्त पुल भएको स्थानमा बेलिब्रिज हालिनेछ । त्यसका लागि मन्त्रालयले आन्तरिक तयारी अगाडि बढाइसकेको छ,”मन्त्री लामिछानेले बताए ।

    मुख्यमन्त्री बहादुरसिंह लामासहित विभिन्न सुरक्षा निकायको प्रमुखसहितको उपस्थितिमा बसेको बैठकले बेलिब्रिजलाई त्यहाँ लैजानका लागि आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार