काठमाडौँ / डा.सन्दुक रुइतले देश भन्दा बाहिर बसेका नेपालीहरूलाई सुसंस्कार सिकाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार हेल्प नेपाल नेटवर्क नेपालको रजत जयन्ती वार्षिकोत्सवमा बेल्दै उनले सबै नेपालीले नेपालीपन मन पराउने हुँदा सुसंस्कार सिकाउन र सुशासनमा रहन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, “आज नेपालीहरू नेपालमा होइन, संसारको विभिन्न देशमा छन् तर पनि सबै नेपालीहरूले नेपालीपन मन पराउँछन् । बाहिर बस्नु हुने नेपालीलाई म के भन्न चहान्छु भने तपार्इंहरूले नेपालको हरेक तहमा भएका मानिसलाई सूसंस्कार सिकाउनु, सुशासन त आवश्यक भइहाल्यो ।”