images
images

सामना बैंकिङ् पुरस्कार बीएन घर्तीलाई प्रदान, को हुन् उनी ?

सामना बैंकिङ् पुरस्कार बीएन घर्तीलाई प्रदान, को हुन् उनी ?

बुधवार, पुस १७ २०८१
बुधवार, पुस १७ २०८१
  • सामना बैंकिङ् पुरस्कार बीएन घर्तीलाई प्रदान, को हुन् उनी ?
    images
    images

    काठमाडौँ / बैंकिङ् विज्ञ बीएन घर्तीले सामना बैंकिङ् पुरस्कार प्राप्त गरेका छन् । सामना बैंकिङ् गुठीले २०८१ सालको ७५ हजार रुपैयाँ रासीको सामना बैंकिङ् पुरस्कार घर्तीलाई घर्तीलाई प्रदान गरेको हो । 

    उक्त पुस्तक बैंकिङ् एण्ड इन्स्योरेन्स प्रा.लि.ले प्रकाशन गरेको थियो । उनलाई उनले लेखेको पुस्तक बैकिङ् अनुशासन दिगो बिकासका लागि पुस्तकका लागि पुरस्कार प्रदान गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए । प्रा. डा. विश्वम्भर पोखरेल, प्रा.डा. गोविन्द नेपाल र बैंकर तथा साहित्यकार कृष्ण प्रधान रहेको मूल्याङ्कन समितिले उक्त पुरस्कार घर्तीलाई प्रदान गर्नका लागि सिफारिस गरेको थियो । 

    नेपाल बंगलादेश बैंक, एनआईसी बैंक र किष्ट बैंकमा समेत काम गरेका बीएन घर्ती किष्ट बैंकको का.मु प्रमुख कार्यकारी अधिकृत समेत भएर कार्य गरेका थिए । 

    किष्ट बैंक प्रभु बैंकमा गाभिएपछि स्वैच्छिक अवकाश लिएका घर्तीले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति, उच्च व्यवस्थापन र अन्य कर्मचारीलाई तालिम दिने र नीति, कार्यबिधि, रणनीतिक योजना आदि बनाउन परामर्श दिने कार्य गर्दै आएका छन् । 

    उनको परामर्शमा केही वित्तीय संस्था समस्याग्रस्त अबस्थाबाट बाहिर फर्केका छन् र केहि वित्तीय संस्था मर्जर प्राप्तिमा समेत गएका छन् ।
     
    सर्वसाधरणले पनि बुझ्न सकिने सरल भाषा प्रयोग गरिएको, राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने बिषयलाई विश्लेषणात्मकरूपमा प्रस्तुत गरिएको, बैंक तथा वित्तीय संस्थाले बिराएका बाटाहरूका केलाउदै आगामी दिनमा तय गर्नुपर्ने बिषयलाई व्यवहारिक सुझाब दिइएको, बैंकहरूले अत्याधिक कमाएका छन् भन्ने भ्रमलाई तथ्याङ्कहरू उल्लेख गर्दै चिर्न खोजिएको, सञ्चालन जोखिमलाई विशेष प्राथमिकतासाथ उठान गरिएको, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुपालनाका लागि गर्नुपर्ने कार्यलाई विशेगारूपमा उठान गरिएको आदि कारणले घर्तीलाई उक्त पुरस्कार प्रदान गर्न सिफारिस गरिएको मूल्याङ्कन समितिका सदस्य कृष्ण प्रधानले बताए । 

    घर्तीले लेखेको पुस्तक प्रडक्टका दृष्टिकोणबाट उत्कृष्ट रहेको, समेटिएका र विश्लेषण गरिएका बिषय अत्यन्तै सान्दर्भिक रहेको र बिषय बस्तुलाई अत्यन्तै मिहिन तरिकाले केलाइएकाले आफुहरूले पुरस्कारका लागि सिफारिस गरेको मूल्याङ्कन समितिका अर्का सदस्य कृष्ण प्रधानले बताए । 

    नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरहरू गणेश बहादुर थापा र डा. तिलक रावल, काठमाडौं विश्व विद्यालयका रजिष्ट्रार प्रा. डा. अच्युत वाग्ले लगाएतका अतिथिहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व गुठीका अध्यक्ष डा. रेवत बहादुर कार्कीले गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार