जस्मिन पेन्टस्ले जोर कुसुम पार्कमा वृक्षारोपण गरेर एनपिएलमा गरेको प्रतिबद्धताको कार्यान्वयनको सुरुआत गरेको छ । सो बमोजिम कम्पनीले चितवनको भरतपुरमा रहेको जोर कुसुम पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
जस्मिन पेन्टस् र नेपाल क्रिकेट एसोसियसन क्यानको सहकार्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । नेपाल क्रिकेट एसोसियसन क्यानका सचिव पारस खड्काले बर र पिपलको बिरुवा रोपी कार्यक्रमको उद्घाटन गरेका थिए ।
भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग अन्तर्गतको सम्पूर्ण खेलहरूमा भएका चौका र छक्काको संख्याका आधारमा बिरुवा रोपिने जस्मिन पेन्टस्को प्रतिबद्धता अनुरुप आजबाट बृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको हो ।
जसअन्तर्गत ६५३ वटा चौका र ३४३ वटा छक्का रहेको थियो । कम्पनीका ब्रान्ड एम्बेस्डर समेत रहेका पारसले नेपाली खेल जगतमा जस्मिन पेन्टस्ले गरेको सहयोगले क्यानलाई थप हौसला मिलेको बताए ।
कम्पनीले गरेको योगदानको कदर गर्दै आगामी दिनहरूमा पनि साथ सहयोगको आवश्यकता रहेको उनले बताए । जस्मिन पेन्टस्ले एनपिएल सुरुअघिदेखि नै प्रत्येक चौकामा एक बिरुवा र प्रत्येक छक्कामा २ बिरुवा रोपिने प्रतिबद्धता ब्यक्त गरेको थियो ।
कम्पनीको प्रतिबद्धताअनुसार जम्मा १३३९ वटा बिरुवाहरू आजबाट सुरु गरी विभिन्न स्थानमा वृक्षारोपण गरिने कम्पनीका सञ्चालक लक्ष्मण अर्यालले बताए । नेपाली पेन्टस्हरूमा नम्बर वान पेन्ट्स कम्पनी को नामले परिचय बनाउन सफल जस्मिन पेन्टस् ले समय समयमा यस्ता विभिन्न खालका सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।