काठमाडौँ / सामसङ नेपालले १२ केजीसम्मको क्षमताको नयाँ बिस्पोक वाशिंग मेसिन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एआई-वास र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको उक्त मेसिन सार्वजनिक गरेको हो ।
स्मार्टथिंगस्एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ । यसका साथै तपाईँको धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन् सुविधाले तपाईँको लागि उपयुक्त धुलाई साइकल पनि सुझाउँछ ।
यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ ।
यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई ब्रिधि गरी गहिराईलाई ६००एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ ।
यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ । दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर, यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ ।
१२केजी लाइन–अप दुइवटा फरक मोडलहरूमा उपलब्ध छ- डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भएको WW12DG6B24ABIM यी दुवै मोडलहरूको मूल्य क्रमशः १ लाख १४ हजार ९९० रुपैयाँ र १ लाख २० हजार ९९० रुपैयाँ रहेको छ ।
उक्त वाशिंग मेसिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्यभर उपलब्ध गराइएको छ ।