images
images

केएनपी नेरोलेक पेन्ट्सद्वारा सडक सुरक्षामा सहयोग

केएनपी नेरोलेक पेन्ट्सद्वारा सडक सुरक्षामा सहयोग

बुधवार, पुस २४ २०८१
बुधवार, पुस २४ २०८१
  • केएनपी नेरोलेक पेन्ट्सद्वारा सडक सुरक्षामा सहयोग
    images
    images

    केएनपी नेरोलेक पेन्ट्सले काठमाडौँको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागि चाहिने आवश्यक सामग्री प्रदान गरेको छ। केएनपी नेरोलेक पेन्ट्स गुणस्तरमा मात्र नभई, समाजिक जिम्मेवारी र सामुदायिक सेवामा पनि प्रतिबद्ध देखिन्छ ।

    सडक दुर्घटनाहरू बढ्दै जाँदा, नेरोलेकले ‘नो हर्न प्लीज’, ‘नो स्टपिङ,’ ‘स्पीड लिमिट’ र ‘नो पार्किङ’ जस्ता महत्त्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको छ, जसले सडक सुरक्षा बारेमा जनचेतना फैलाउन मद्दत पुर्‍याउनेछ। 

    यी साइनबोर्डहरूले ट्राफिक उल्लङ्घनका घटनाहरू घटाउनका साथै पैदलयात्री र चालकहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्नेछन्। जापानको सर्वोत्कृष्ट पेन्ट कम्पनी केएनपी नेरोलेकले समाजको भलाईमा योगदान पुर्‍याउन नयाँ लक्ष्य राखेको छ। 

    सडक सुरक्षा सुनिश्चित गर्न अनि यात्री र चालकहरूको लागि सुरक्षित सडक सुनिश्चित गर्न केएनपी नेरोलेक निरन्तर प्रतिबद्ध छ ।

    केएनपी नेरोलेकले संसारको सर्वोत्कृष्ट, पर्यावरणमैत्री पेन्टहरूको साथसाथै नवप्रवर्तनशील उत्पादनहरू प्रदान गरि नेपालको पेन्ट उद्योगलाई सुधार गर्दै स्वास्थ्य र दिगोपनको समर्थन गरिरहेको छ ।

    यस ब्राण्डको गुणस्तर र पर्यावरणमैत्री पेन्टहरूको कारण नेपालमा एक विश्वासिलो नाम बनेको छ । केएनपी नेरोलेक पेन्ट्स समुदायमा सकारात्मक प्रभाव पार्न पाउँदा निकै गर्व महसुस गर्दछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार