काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले नेपालमा युवाहरूको सबैभन्दा ठूलो समस्या भनेको जागिर रहेको बताएकी छिन् । शनिबार युवा स्पिक फोरम कार्यक्रममा बोल्दै उनले देशका युवाहरू बढी बेरोजगारीको सामाना गर्नु परेको अवस्था रहको बताएकी हुन् ।
उनले भनिन्, “अहिले नेपालमा युवाहरूको सबैभन्दा ठूलो समस्या रोजगारी अर्थात जागिर नपाउनु हो । विदेश जानु भएका युवाहरू सबै रोजगारीकै लागि गएको देखिन्छ । नेपालमा सम्भावनाहरु छन् तर त्यसको प्रतिस्पर्धा हुन सकिरहेको छैन ।”
यसैगरी उनले सरकारले युवाहरूको लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताइन् । उनले रोजगारीकै कारण लाखौँ संख्यामा युवाहरू विदेशिनु परेको बताइन् ।