काठमाडौँ / नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ बृद्धि गरेको छ । निगमले आज बिहानदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल÷मट्टितेलमा तीन रुपैयाँले बढाएको हो । इन्डियन आयल कर्पोरेशनबाट आएको सूची अनुसार निगमले मूल्यबृद्धि गरिएको जनाएको छ ।
मूल्य बढेसँगै आजदेखि काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेललाई १५६ रुपैयाँ पर्नेछ । त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १५३ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
यसैगरी, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६४ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ पर्नेछ ।