images
images

सूर्य नेपाल वेस्टर्न ओपन जारी, निरज शीर्षस्थानमा कायमै

सूर्य नेपाल वेस्टर्न ओपन जारी, निरज शीर्षस्थानमा कायमै

शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • सूर्य नेपाल वेस्टर्न ओपन जारी, निरज शीर्षस्थानमा कायमै
    images
    images

    पोखरा / सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन निरज तामाङ एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन् ।

    पार ६९ को हिमालयन गल्फ कोर्समा आज निरजले आज १-अन्डर ६८ को कार्ड पार्दा समग्रमा ५-अन्डर १३३ को स्कोर खडा गरे । नले भुवन कुमार रोक्कालाई एक स्ट्रोकले पछि पारेका हुन् ।

    समग्रमा ४-अन्डर १३४ कोस्कोरमा भुवन दोस्रो स्थानमा कायमै रहेका छन् । उनले लगातार दोस्रो दिन २-अन्डर ६७ खेले । समग्रमा इभन-पार १३८ को स्कोर बनाएका धन बहादुर थापा र सञ्जय लामाले संयुक्तरूपमा तेस्रो स्थानमा ३६ होलको खेल सकाए ।  

    धन र सञ्जय दुवैले १–ओभर ७० को स्कोर दर्ज गरे। जयराम श्रेष्ठ र एमेच्योर सुन्दर राई संयुक्त रूपमा पाँचौँ स्थानमा रहे । उनीहरूले समग्रमा २-ओभर १४० स्कोर गरे। आज जयरामले २-ओभर ७१ र सुन्दरले १-ओभर ७० मा खेल सकाए ।

    समग्रमा ४-ओभर १४२ सहित कृष्णमान राजबाहक, विष्णुप्रसाद शर्मा र रामेमगरले संयुक्तरूपमा सातौ‌ँ स्थान बाँडे । कृष्णमानले १-अन्डर ६८, विष्णुले २-ओभर ७१ र रामेले ४-ओभर ७३ मा दोस्रो दिनको खेल सकाए । 

    समग्रमा ५-ओभर १४३ को स्कोरमा रवि खड्का दशौँ स्थानमा छन् । उनले आज १-अन्डर ६८ को स्कोर कार्ड बनाए । लगातार दोस्रो दिनका लिडर निरजले फ्रन्ट नाइनमा १–अन्डर ३३ खेले ।

    उनले चौथो र आठौँ होलमा बर्डी प्रहार गरे र सातौँ होलमा एक सट खेर फाले । यसपछि १०औँ होलमा बर्डी प्रहार गरे पनि चार पारको १३औँ होलमा ट्रीपल बोगीको समाना गरे । यसपछि सम्हालिँदै १७ औँ र १८औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन इभन-पार ३५ मा पूरा गरे। 

    भुवनले पहिलो नौँ होलमा पार जोगाउँदै फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए । ११औँ होलमा बर्डी प्रहार गरे तर, १४औँ होलमा डबल बोगी खेपे । 

    यसपछि १५औँ देखि १७औँ होलसम्म लगातार तीन बर्डी प्रहार गर्दै ब्याक नाइन २-अन्डर ३३ मा सकाए । एमेच्योरतर्फ सुन्दर राइले सुमन परियारलाई ६ स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा रहे । 

    सुन्दर समग्रमा २-ओभर १४० को स्कोरमा शीर्षस्थानमा छन् । आज १-अन्डर ६८ खेलेका सुमनले समग्रमा ८-ओभर १४६ स्कोरसहित दोस्रो स्थानमा उक्लिए । 

    ३६ होलको समाप्तीमा १५-ओभर १५३ स्कोर गरेका २१ प्रो र ६ एमेच्योर गरी कुल २७ गल्फरले कट बनाएका छन् ।

    प्रो तर्फ नेपाल नम्बर एक भुवन नगरकोटीसँगै तोरण विक्रम शाही, प्रदीप कुमार लामा, सूर्य प्रसाद शर्मा, भुबहादुर गुरुङ, बलभद्र राई, युवराज भुजेल, टंक बहादुर कार्की, दीपक मगर, दिनेश प्रजापति, दल बहादुर लामा र किसन कालीराज सुनारले कट बनाए ।

    एमेच्योरतर्फ सुरेश तामाङ, प्रज्वल गुरूङ, संसार विके र जीवाराम गुरूङले अन्तिम १८ होलको खेलको लागि स्थान सुरक्षित गरे । ५४ होलको तीन दिने प्रतियोगितामा कुल पुरस्कार ८ लाख ८२ हजार रहेको छ। 

    विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख र ७२ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने गल्फरहरूले पनि नगद हात पार्नेछन् ।

    नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्य नेपालद्वारा प्रायोजित प्रतियोगिताअन्तर्गत शनिबार प्रो–एम ईभेन्ट हुनेछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार