images
images

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु, हालसम्म ७० प्रतिशत काम सम्पन्न

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु, हालसम्म ७० प्रतिशत काम सम्पन्न

शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु, हालसम्म ७० प्रतिशत काम सम्पन्न
    images
    images

    चितवन / भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेणु दाहालले थिचेर परीक्षणको शुभारम्भ गरेका हुन् । 

    ताररहित महानगर बनाउने योजनाअनुरूप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको उनले बताए । यसले महानगरपालिकालाई स्मार्ट सिटी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । 

    आगामी दिनमा कामलाई तीव्रता दिँदै चाँडो आयोजनाको काम सक्ने उनले आग्रह गरे । काठमाडौँपछि चितवन र पोखरामा भूमिगत विद्युतीकरणको काम भइरहेको छ । पहिलो फिडरबाट भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालयमा भूमिगत रूपमा विद्युत् पुर्‍याइएको छ । 

    यस्ता १७ वटा फिडरमार्फत महानगरको छ लेन सडक र बाइपास रोडमा ताररहित बनाउन लागिएको प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।

    आयोजनाले हालसम्म ७० प्रतिशत काम सम्पन्न गरेको छ । केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गर्ने काम भइरहेको छ ।

    नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा मात्रै भूमिगत गर्न थालिएकामा अहिले नयाँ क्षेत्र थप गरेसँगै बजेट पनि थप गरिएको छ । 

    पौडेलका अनुसार  भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ३० करोडमा ठेक्का सम्झौता भएको हो । निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ । 

    एसियाली विकास बैङ्कको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । सन् २०२२ को जनवरीबाट आयोजनाले काम सुरु गरेको हो । चालु आर्थिक वर्षभित्र काम सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार