काठमाडौँ / क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको बिबिसीमा उल्लेख छ ।
बाक्लो हिमपात भएको रनवेमा विमान पल्टिएपछि उत्तानो परेको छ । स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो ।
उक्त विमानमा ८० यात्रु सवार थिए । दुर्घटनामा करिब १५ जना घाइते भएका छन् र तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।