images
images

देशको आर्थिक अवस्था सुखद् छैन, हामी समृद्धिको यात्रामा बढिरहेका छौँ : गृहमन्त्री

देशको आर्थिक अवस्था सुखद् छैन, हामी समृद्धिको यात्रामा बढिरहेका छौँ : गृहमन्त्री

बिहिवार, फागुन ८ २०८१
बिहिवार, फागुन ८ २०८१
  • images
    images
    देशको आर्थिक अवस्था सुखद् छैन, हामी समृद्धिको यात्रामा बढिरहेका छौँ : गृहमन्त्री
    images
    images

    काठमाडौँ / गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था सुखद् नरहेको बताएका छन् । बिहिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाबमा परेको भन्दै मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए । 

    उनले भने, “पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाब परेको छ । मुलुकको आर्थिक स्थिती सुखद नरहेको अवस्था छ । केही समय यतादेखि हामी देशको आर्थिक अवस्थालाई सुधारतर्फ लिएर जाने र मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने काममा लागेका छौँ र त्यो काम गर्न चाहान्छौँ ।”

    यसको साथै, उनले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्नको लागि वर्तमान सरकार बनेको बताए । 

    उनले भने, “अहिले नयाँ सरकार गठन गर्नको लागि नयाँ समिकरण बनायौँ । नेपाली काङ्ग्रेस र नेकपा एमालेका बीचमा ७ बुदे सहमति भयो, नयाँ समिकरण भयो र त्यसको आधारमा अहिलेको सरकार बनेको छ जसले सात महिना सम्पन्न गरेको छ । यो सरकार बिग्रिदो आर्थिक अवस्थालाई सुधार गर्दै मुलुकलाई समृद्धितर्फ लैजाने उद्देश्यका साथ यो सरकार बनेको हो । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्नको लागि वर्तमान सरकार बनेको हो ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार