images
images

प्रकृति लम्सालका बुवा भन्छन् : ह्यारेसमेन्ट र ब्ल्याकमेलिङका कारण आत्महत्या

प्रकृति लम्सालका बुवा भन्छन् : ह्यारेसमेन्ट र ब्ल्याकमेलिङका कारण आत्महत्या

मंगलवार, फागुन ६ २०८१
मंगलवार, फागुन ६ २०८१
  • images
    images
    प्रकृति लम्सालका बुवा भन्छन् : ह्यारेसमेन्ट र ब्ल्याकमेलिङका कारण आत्महत्या
    images
    images

    काठमाडौँ / भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा मृतक प्रकृति लम्सालको पिता सुनिल लम्सालले ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको बताएका छन् । 

    मंगलबार घटनास्थल पुगेका लम्सालले भारतीय मिडियासँगको कुराकानीमा ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको भन्र्दै मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न आग्रह गरे ।  

    उनले भने, “यहाँको प्रशासनले अनुसन्धान त गरिरहेको छ । पोष्ट मार्टमको रिपोर्ट पनि आउन बाँकी छ ।सूचना पाएको छौं कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा उसले सुसाइड गरेको हो । बाँकी हामीलाई केही थाहा छैन ।”

    उनले त्यहाँको कानुनी प्रक्रिया सकेर छोरीको शव सके आज नसके भोलिसम्म नेपाल लैजाने जानकारी दिए । 

    “लिएर त जानै छ । हेरौँ के हुन्छ । तर प्रोसिडियर हुन्छ । एउटा देशबाट अर्को देश लाने कुरा हो । सकेसम्म आज भए आज नभए भोलि लैजाने छौँ । हाम्रो माग भनेको न्याय हो अरु केही छ्रैन्, मात्र न्याय हो ।” 

    यस्तै, उनले घटनापछि नेपाली विद्यार्थीलाई कलेजले ज्यादती गरेर सहि नगरेको पनि बताए । आफू आएपछि सोमबार युनिभर्सिटीसँग कुरा भएको र राम्रो समन्वय गरिरहेको उनले बताए जानकारी दिए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार