नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन् ।
लामो समय राष्ट्रिय तथा अन्तारष्ट्रिय स्काउटको बिभिन्न जिम्मेवारीमा रहेर काम गरेका सामाजिक व्यक्तित्व घिमिरेलाई युवा तथा खेलकुद मन्त्री एवम् प्रमुख स्काउट तेजू लाल चौधरीले प्रमुख आक्युत नियुक्त गरेका हुन् ।
मन्त्री चौधरीले विभिन्न विवादमा मुछिएका निवर्तमान प्रमुख आयुक्त महेन्द्र राज रंजितलाई गैह्रकानूनी रूपमा नियूक्ति लिएर संस्थालाई बिगारेको आरोपमा हटाएर उक्त स्थानमा घिमिरेलाई नियुक्त गरिएको जनाएको छ ।
पछिल्लो समय नेपाल स्काउट विवादमा तानिएको थियो ।
मनोमानी गरेको भन्दै मन्त्री चौधरी र निवर्तमान प्रमुख आयुक्त रंजितबिच दुरी बढेको थियो ।
यसैबिच नेपाल सरकार राष्ट्रिय सतर्कता केन्द्रले समेत रंजितको नियुक्ति कानून सम्मत नभएको बताउँदै नियुक्ति बदर गरी कानून बमोजिम अर्को व्यक्तिलाई नियुक्त गर्न मन्त्री चौधरीलाई निर्देशन दिएको थियो ।
सोही निर्देशनलाई आधारमानी यहि फागुन ५ को मन्त्री स्तरिय निर्णयबाट घिमिरेलाई नयाँ प्रमुख आयुक्त नियुक्त गरेका हुन् ।
घिमिरेसंगै मन्त्री चौधरी अन्य सात जानालाई राष्ट्रिय कार्यकारी समितिमा नियुक्त गरेका छन् ।
नियुक्त हुनेमा इन्दु सुबेदी, कमल बहादुर देउजा, भुवन सुब्बा, सन्तोष कुमार थापा, स्मृति बराल, जहरसिंह थापा र सुस्मिता श्रेष्ठ छन् ।